कुमारी बैंकले पनि घटायो ब्याजदर


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस २६ २०८०
3.4K
SHARES

२६ पुस काठमाडौं । कुमारी बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.११ प्रतिशतदेखि अधिकतम ६.११ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि पुसमा सोही खातामा ५.५१ प्रतिशतदेखि अधिकतम ६.६१ प्रतिशत ब्याजदर तोकेको थियो

बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ८.११ प्रतिशत र संस्थागततर्फ न्यूनतम ६.११ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । यसअघि बैंकले व्यक्तिगततर्फ ९.३१ प्रतिशत र संस्थागततर्फ न्यूनतम ७.३१ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

बैंकले कर्जाको प्रिमियम दर अधिकतम ३.५ प्रतिशत तोकेको छ । बैंकको आधार दर १०.६६ प्रतिशत र स्प्रेड दर ४.२ प्रतिशत रहेको छ ।