यस्तो छ सिटिजन बैङ्कको माघ महिनाको ब्याजदर


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २९ २०८०
3.9K
SHARES

२९ पुस काठमाडौँ । बैङ्कहरूले ब्याजदर घटाएका छन् । आगामी माघ महिनाका लागि बैङ्कहरूले घटाएका हुन् । पुस महिनाको तुलनामा बैङ्कहरूले ब्याजदर घटाएका छन् । माघ बैङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.८२ प्रतिशत घटाएका हुन् । पुसमा भने यस्तो ब्याजदर ९.९९ प्रतिशत रहेको थियो ।  विशेष गरी बैङ्किङ प्रणालीमा अधिक तरलता थुप्रिएको छ । तर, कर्जा प्रवाह भने करिब ठप्प छ, जसका कारण पनि बैङ्कहरूको ब्याजदर घट्दै आएको छ ।

माघ महिनामा सिटिजन बैङ्कमा पैसा राख्दा धेरै ब्याज पाइने देखिएको छ । बैङ्कले माघमा व्यक्तिगत तर्फ ९.१५ प्रतिशत र संस्थागत तर्फ ६.६ प्रतिशत ब्याज दिने भएको हो । पुसमा पनि बैङ्कले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपतर्फ क्रमशः ९.३५ प्रतिशत र ६.६ प्रतिशत ब्याजदर दिएको थियो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ५० हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।