प्रभु बैंकले पनि घटाएर सार्वजनिक गर्यो ब्याजदर


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २९ २०८०
2.1K
SHARES

२९ पुस  काठमाडौं । प्रभु बैंकले माघ महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोली माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ६ प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ७ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.०६५ प्रतिशत र व्यक्तिगततर्फ ८.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ९.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।बैंकले फिक्स्ड दरमा कर्जा लिँदा भने बैंकले १४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।