एकैदिन १२ सयले घट्यो सुनको मूल्य
Capital Headline
प्रकाशित मिति :
बुधबार, माघ ३ २०८०
1.9K
SHARES
३ माघ काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ६ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट