एकैदिन ७ अर्बले बढ्यो निक्षेप


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ १२ २०८०
2.9K
SHARES

१२ माघ प्रणालीमा दिनप्रतिदिन तरलता वृद्धि हुने क्रम जारी छ। ब्याजदर कम हुँदा पनि कर्जाको माग सोचेजस्तो नहुनुले बैंकमा लगानीयोग्य रकम थुप्रिरहेको छ। फलस्वरुप सीडी रेसियो निरन्तर घट्दो छ। आगामी दिनमा ब्याजदर अझै घट्ने सम्भावना देखिन्छ।

बैंकिङ प्रणालीमा एकैदिन ७ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार शनिबारसम्म ६१ खर्ब २० अर्ब रुपैयाँ रहेको निक्षेप आइतबारसम्म बढेर ६१ खर्ब २७ अर्ब रुपैयाँ पुगेको हो। शनिबारसम्म कर्जा प्रवाह ५० खर्ब ६९ अर्ब रुपैयाँ रहेकोमा आइतबार बढेर ५० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको हो। सीडी रेसियो घट्दै ८०.११ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.९९ प्रतिशत छ।