नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ १९ २०८०
2.7K
SHARES

१९ माघ काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ ।माघ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो ।

त्यस्तै, बैंकले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।