२११ उद्योग दर्ता हुँदा एक खर्ब ३६ अर्ब लगानी प्रस्ताव


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ २५ २०८०
3.4K
SHARES

२५ माघ काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा २११ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार २०८० साउन १ गतेदेखि पुस मसान्तसम्मको अवधिमा ती उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योगमा ठूला २८, मझौला १६ र साना १६७ वटा रहेका छन् ।

पछिल्लो ६ महिनामा दर्ता भएका उद्योगमा एक खर्ब ३६ अर्ब रुपैयाँ लगानी प्रस्ताव भएको विभागले जनाएको छ । उक्त लगानीमा खोलिने उद्योगले १३ हजार ६७० रोजगारी सृजना गर्ने विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

बितेको ६ महिनामा उद्योगहरूमा २२.३३ अर्ब रुपैयाँ विदेशी लगानी प्रस्ताव भएको विभागले जानकारी दिएको छ ।