पाल्पामा जिप दुर्घटना : ३ पुरुष र ५ जना महिलाको मृत्यु


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन १ २०८०
2.5K
SHARES

१ फागुन बुटवल । पाल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका ८ जनामध्ये  ३ जना पुरुष र ५ जना महिला रहेका छन् । मंगलबार भएको जिप दुर्घटनामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइतेहरूलाई लुम्बिनी मेडिकल कलेज प्रभास ल्याउँदै गरिएको छ । मृतक र घाइतेको भने  सनाखत भएको छैन ।