यस कारण भोलि सार्वजनिक बिदा


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन ३ २०८०
3.7K
SHARES

३ फागुन काठमाडौं । गण्डकी सरकाले आगामी भोलि सार्वजनिक बिदा दिएको छ । बुधबार एक सूचनामार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार बिदा दिइएको जनाएको हो ।

कार्यालयका प्रवक्तासमेत रहेका उपसचिव प्रवीण ढकालका अनुसार गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

मन्त्रिपरिषद्को ०७९ चैत ८ गतेको निर्णयानुसार शुक्रबार बिदा दिइएको हो ।शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहने छन् ।