एनआईसी एशिया बैंक झन् बलियो बन्दै


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन ६ २०८०
4.9K
SHARES

६ फागुन काठमाडौ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से ओरालो लागेपनि यस दिन एनआईसी एशिया बैंकको साढे १३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

विगत केही दिनदेखि एनआइसी एशिया बैंकलाई लिएर फैलाइएको हल्ला बावजुत पनि शेयर कारोबार बढेको हो ।बैंकिङ्ग क्षेत्रको शेयर घटिरहेको अवस्थामा यस दिन एनआइसी एशियाको कारोबार रकम बढेको हो ।

यस दिन एनआईसी एशियाको शेयर मुल्य ११ रुपैँयाले बढेको छ । गत हप्ता विहिबार एनआइसी एशियाको शेयर मूल्य ४३३ थियो भने यस दिन बढेर प्रतिशेयर ४४४ रुपैँया पुगेको हो ।

यसले एनआइसी यशियाको वित्तीय स्थिती मजबुत रहेको संकेत गर्दछ । यस्तै यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल ९बालाजु० र समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

गत बिहीबार ३ अर्ब ८६ करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३१५ स्टकको ९७ हजार १०५ पटकको कारोबारमा ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।