बैंहहरुको अवस्था हल्ला आएजस्तो नाजुक छैन – पूर्वगभर्नर क्षेत्री


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन १० २०८०
3.5K
SHARES

१० फागुन काठमाडौ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले अहिले बैंकहरु डुब्ने र डुब्नसक्ने सम्भावना नरहेको बताएका छन् । पूर्वगभर्नर क्षेत्रीले अहिले बैंहहरुको अवस्था बाहिर हल्ला आएजस्तो नाजुक नरहेको बताए । उनले अहिले बैंक तथा वित्तीय संस्थाहरुको विरुद्धमा बाहिर आएका हल्लाहरुलाई ‘फागुन १ गतेदेखि ७ गतेसम्मको कार्यक्रमभित्रको योजना’ को संज्ञा दिए ।

बैंक तथा वित्तीय संस्थाहरुका बचतकर्ता र लगानीकर्तालाई उनले. केन्द्रीय बैंक रहेसम्म आफ्नो बचत सुरक्षित रहनेमा ढुक्क रहन आग्रह गरे । यदि कुनै बैंकको स्थिति नाजुक हुँदै गएको अवस्थामा केन्द्रीय बैंकले त्यसलाई ठीक ठाउँमा ल्याउने काम गर्न उनको भनाइ छ ।

‘म सबैलाई के भन्छु भने–ढुक्क रहनुस्, जहिलेसम्म केन्द्रीय बैंक छ, त्यतिबेलासम्म तपाईँको पैसा डुम्दैन । बैंक लर्खराएछ भने पनि त्यसलाई ठीक ठाउँमा ल्याउने काम केन्द्रीय बैंकले गर्छ,’पूर्वगभर्नर क्षेत्रीले भने ।