स्थापना दिवसको अवसरमा छत्रकोटमा सार्वजनिक विदा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २५ २०८०
1.7K
SHARES

२५ फागुन काठमाडौं । छत्रकोट गाउँपालिकाले स्थापना दिवसको अवसरमा स्थानीय बिदा दिएको छ । गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो ।  बुधबार बसेको कार्यपालिका बैठकले २७ गते गाउँपालिकाको आठौँ स्थापना दिवसको अवसरमा बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

सो दिन स्वास्थ्य तथा आकस्मिक सेवाबाहेकका पालिका मातहतका सबै सरकारी, गैरसरकारी तथा बित्तीय संस्थालाई बिदा दिएको गाउँपालिकाले सूचनामार्फत जानकारी दिएको छ ।