जानकी गाउँपालिकाद्वारा भूमिहीन बसोबासीलाई ३५ दिने सूचना


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २७ २०८०
1.8K
SHARES

२७ फागुन काठमाडौं । जानकी गाउँपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आवेदन माग गरेको छ । गाउँपालिकाले विहीबार एक सूचना जारी गर्दै भूमिहीन दलित, सकुम्बासी र अव्यवस्थित बसोबासीलाई आवेदन माग गरेको हो । गाउँपालिकाले वडा नम्बर १ देखि ६ वडासम्मका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिने सूचना प्रकाशन गरी जानकारी दिएको प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गरिने छ ।

स्थानीय तहका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले आयोगले तोकेको ढाँचाबमोजिम फारम भरी ३५ दिनभित्रमा सम्बन्धित वडामा तोकिएका स्थानमा खटिएका लगत संकलक मार्फत् पेश गर्न सकिने अधिकृत पौडेलले जानकारी दिए । स्थानीयले आबाद कमोत गरेको जग्गाको नापनक्सासम्बन्धित नापी टोलीबाट गराउन गाउँपालिकाले जनाएको छ ।