फेदीखोला गाउँपालिकाले मनायो स्थापना दिवस
२८ फागुन काठमाडौ । फेदीखोला गाउँपालिकाले सातौँ स्थापना दिवस मनाएको छ ।अन्तरमाध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला कार्यक्रम सञ्चालन गर्दै गाउँपालिकाले पालिका अध्यक्ष घनश्याम सुवेदीको अध्यक्षतामा ‘फेदीखोला गाउँपालिकाकाः स्थापनादेखि वर्तमानसम्मको यात्रा’ शिर्षकमा वक्तृत्वकला कार्यक्रम सञ्चालन गरेको हो । आइतबार भएको प्रतियोगितामा गाउँपालिकाका ९ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुले सहभागिता जनााएको शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले बताए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वनालाई करसहित क्रमश ४ हजार, ३ हजार, २ हजार र १ हजार उपलब्ध गराएको उनले बताए ।
उनका अनुसार प्रतियोगितामा फेदीखोला गाउँपालिका २ को सिद्धार्थ मावीका कक्षा ११ का छात्र सुरज विष्ट प्रथम भएका छन् । उनले करबाहेक ३ हजार रुपैयाँ पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा वडा नं ५ को मैदान माविकी कक्षा १० की छात्रा पूर्णिमा गुरुङ द्वितीय भएकी छिन् । उनले करबाहेक २ हजार २५० रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छिन् ।
वक्तृत्वकला प्रतियोगितामा वडा नं ३ को जनप्रीय मावीका कक्षा ९ का छात्र सक्षम शर्मा तृतीय स्थान हाँसिल गरेका छन् । उनले करबाहेक १५ सय रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् भने सान्त्वना पुरस्कार विजेता वडा नं १ को चण्डीडाँडा मावीको कक्षा ९ की दिक्षा क्षेत्रीले करबाहेक ७५० रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छन् ।