कालिगण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन २८ २०८०
1.7K
SHARES

२८ फागुन गुल्मी । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाले सार्वजनिक सुनुवाई हर्मिचौरमा सम्पन्न गरेको छ । कालिगण्डकी गाउँपालिका–१ को हर्मिचारमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा स्थानीय तथा सरोकारवालाले करिव तीन दर्जन प्रश्न उठाएका थिए । कालिगण्डकी गाउँपालिका प्रमुख बेद बहादुर थापा मुख्य जवाफदेहि बक्ता रहेको कार्यक्रममा गाउँपालिकाको उपप्रमुख मञ्जु दर्लामी, प्रमुख प्रशासकीय अधिकृत नरेश गिरी, वडा नं १ का वडाध्यक्ष लालु प्रसाद पाण्डेय, वडा नं २ का वडाध्यक्ष रेशमराज न्यौपाने, वडा नं ३ का वडाध्यक्ष रुप बहादुर श्रीस, वडा नं ५ का वडाध्यक्ष दान बहादुर राना, वडा नं ६ का वडाध्यक्ष पुर्ण बहादुर राना, वडा नं ७ का वडाध्यक्ष घनश्याम थापा र वडा नं ४ का कार्यवहाक वडाध्यक्ष अशोक पुन जवाफदेखि वक्ताको रुपमा रहेका थिए ।

प्रश्नकर्ताहरुले शिक्षा, स्वास्थ्य, रोजगार, पुर्वाधार, कृषि र सुशासनसंग सम्बन्धित विभिन्न प्रश्नहरु गरेका थिए । नागरिकका प्रश्न तथा जिज्ञासाको जवाफ जवाफदेहीबक्ताहरुले गरेका थिए । कार्यक्रममा राजनैतिक दलका नेताहरु कांग्रेसका जिल्ला सचिब जगदिश भट्राई, नेपाली कांग्रेस कालिगण्डकी गाउँकार्यसमिति सभापति निम बहादुर श्रीस, नेकपा एमाले कालिगण्डकी गाउँकमिटी अध्यक्ष राम्जी ढकाल, माओवादी केन्द्रका अध्यक्ष लिल बहादुर केसी लगायतले दलगत धारणा राखेका थिए । दलका नेताहरुले पनि कालिगण्डकीलाई समृद्धि र सुशासनमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले कम्जोरी सच्याउने र जनताका आवश्यकताका आधारमा योजना छनौट गरेर बजेट अनुसार कार्यान्वय गर्न पालिकालाई सुझाव दिएका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले पालिकाबाट गत साउनदेखि अहिलेसम्म सम्पादन भएका सेवाप्रबाहको अवस्था प्रस्तुत गरेका थिए ।