खोटेहाङ गाउँपालिकाले युवालाई उद्यमी बनाउँदै


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन २९ २०८०
2.2K
SHARES

२९ फागुन काठमाडौ । खोटेहाङ गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमी बनाउने भएको छ । गाउँपालिकाले स्वदेशमा रोजगारी सृजना गर्नको लागि उद्यमी बनाउन लागेको हो ।  सोका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई तालिम दिने कृषि शाखाका प्रमुख केशबकुमार झाले  बताए । उनका अनुसार गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई पशु र कृषिसम्बन्धी तालिम सञ्चालन गरिने छ ।

सोका लागि गाउँपालिकाले १५ जना स्थानीय बासिन्दालाई सहभागी गराइने उनको भनाइ छ । तालिममा सहभागी भएका व्यक्तिलाई गाउँपालिकाले अधिकतम ५० हजार रुपैयाँ उद्यमी बन्नको लागि सहयोग गर्ने उनले सुनाए । सम्बन्धित व्यक्तिले ५० प्रतिशत खर्च व्यहोर्नु पर्ने उनले बताए ।