पाइप लाइनबाट पेट्रोल ल्याउन अझै ३ महिना लाग्ने
३० फागुन बारा । मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल ल्याउन अझै ३ महिनाभन्दा बढी कुर्नुपर्ने देखिएको छ । आगामी ३ साताभित्र सम्पन्न गर्नुपर्ने पाइप लाइन परियोजनाको काममा ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा निर्धारित समयमा नसकिने भएको हो ।
नेपाल आयल निगम अम्लेखगञ्ज डिपो प्रमुख विनितमणि उपाध्यायले यही गतिमा काम गर्दा पनि ठेकेदार कम्पनीलाई अझै ३ महिना लाग्ने बताए । ठेकेदार कम्पनीले दैनिक बिहान ८ बजेदेखि राति ८ बजेसम्म काम गर्दै आएको छ ।
‘अहिलेकै गतिमा काम गर्दा पनि तोकिएको समयमा सम्पन्न गर्न कुनै हालतमा सम्भव छैन,’ निगमका अम्लेखगञ्ज डिपो प्रमुख उपाध्यायले भने, ‘औपचारिक रुपमा त भन्न मिल्दैन तर अझै कम्तीमा २ देखि ३ महिना समय लाग्ने देखिन्छ ।’