चिचिला गाउपालिकाद्धारा अनुदानमा मिनि टिलर वितरण


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १ २०८०
1.9K
SHARES

१ चैत सङ्खुवासभा । चिचिला गाउपालिकाले मिनि टिलर वितरण गरेको छ ।गाउपालिकाले बुधबार एक कार्यक्रम गरि मिनि टिलर वितरण गरेको हो।

गाउपालिकाका अनुसार आ.व. २०८०/०८१ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार कृषि विकास शाखाबाट १६ वटा मिनि टिलर गरेको हो । गाउपालिकाले ५० प्रतिशत अनुदानमा खरिद गरी कृषि समूह, सामूहिक व्यक्तिहरूलाई वितरण गरेको हो।