पक्राउपछि महरासँग विप्लवको जम्काभेट
५ चैत रुपन्देही । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा सोमबार पक्राउ परे । उनलाई बर्दघाटबाट पिछा गरेको प्रहरीले कपिलवस्तुको पकडी पुगेर पक्राउ गरेको हो ।महरालाई रुपन्देही छिरेर गाडी फेरेर जान निकटस्थले दिएको सल्लाह नमानीकन महरा रातो गाडीमा गन्तव्यमा हिँडेका थिए । प्रहरीले रुपन्देहीमै उनलाई पक्राउ गर्न खोजे पनि ब्यारियरमा नरोकी गाडी हुइँक्याइएको थियो । तर पछि ब्यारियर नै रोकेर समातिएको हो ।
पक्राउपछि रुपन्देही प्रहरीको गाडीमा राखेर एयरपोर्ट ल्याइएको प्रहरी स्रोतले बताएको छ । ९ बजे उड्ने यति एयरलाइन्समा उनलाई काठमाडौं फर्काउन खोजिएको थियो । तर, जहाज डिले भयो । भैरहवा विमानस्थल पुगेपछि पूर्वमाओवादी नेता नेत्रविक्रम चन्द विप्लवसँग उनको जम्काभेट भयो । सोही समयमा महराले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि मोबाइलमा कुरा गरेका थिए ।