सीआईबीमा बयानपछी विनोद चौधरीको दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र ८ २०८०
3.5K
SHARES

८ चैत काठमाडौं । व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा कानुनीरुपमा नै आफ्नो नाममा आएको बयान दिएका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई जिल्ला सरकारी वकिल कार्यालयमा बिहीबार बयान दिँदै चौधरीलै कारखानाको जग्गा आफ्ना बुबाको पालामै कानुनी रुपमा नै आएको बयान सीआईबीलाई दिएका हुन् ।बयानमा भनेका छन्, “हामीले अवैध र गैर कानुनी ढंगले सरकारी जग्गा हडपेका होइनौँ । त्यो मेरा बुबाकै पालामा कानुनी रुपमा आएको हो । यसमा मेरो कुनै भूमिका नै छैन ।”

जग्गा हिनामिना प्रकरणमा विनोद चोधरीसहित भाइ वसन्त चौधरीसँग पनि सीआईबीले बुधबार बयान लिएको थियो । छाला जुत्ता कारखानाको १८ रोपनी जग्गा मध्ये १० रोपनी जग्गा हडपेको भन्दै यसअघि माघ १८ मा विनोद चौधरीका कान्छा भाइ अरूण चौधरीलाई सरकारले पक्राउ गरेको थियो । उनीबाहेक च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि) का प्रमुख सञ्जय ठाकुर र बाँसबारीका अध्यक्ष अजितनारायण सिंह थापा पक्राउ परेका थिए । चौधरी ग्रुपका तीनजना दाजुभाइले नै बाँसबारीको जग्गा कानुनीरुपमा आएको बयान प्रहरीलाई दिएका छन् ।