आज काठमाडौंको यी स्थानमा विद्युत आपूर्ति बन्द


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र १० २०८०
2.7K
SHARES

१० चैत काठमाडौँ । राजधानीका विभिन्न स्थानमा भोलि विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभागले टेकू सबस्टेनमा १३२/११ केभी, ४५ एमभीए ट्रान्सफरमर १ र २ लाई प्राविधिक रुपमा मिलाउनुपर्ने भएकाले विद्युत आपूर्ति प्रभावित हुने जानकारी दिएको छ ।

विभागका अनुसार सबस्टेसनबाट आपूर्ति हुने थापाथली, त्रिपुरेश्वर, टेकू, क्षेत्रपाटी, सोह्रखुट्टे, ज्याठा, न्यूरोड, भीमसेनस्थान, भोटेबहाल, लगन, सुन्धारा, खिचापोखरी, वसन्तपुरलगायतका स्थानमा भोलि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बत्ती जानेछ ।

‘उक्त स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने भएकोले यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरण क्षमाप्रार्थी छ । उक्त कार्य चाँडै सम्पन्न भएमा तोकिएको समयअगावै लाइन सुचारु हुन सक्नेछ,’ जारी सूचनामा उल्लेख छ ।