अब चीनसँगका परम्परागत १४ नाका सञ्चालनमा ल्याउने समझदारी


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १३ २०८०
2.9K
SHARES

१३ चैत काठमाडौ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उनका चिनियाँ समकक्षी वाङ यीबीच मंगलबार बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको छ।

बेइजिङस्थित स्टेट गेस्ट हाउसमा पराह्न भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो। भेटमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाएर लैजानेबारेमा छलफल भएको थियो।

प्रतिनिधिमण्डलस्तरमा भएको उक्त वार्तामा नेपाल–चीन सीमा क्षेत्रमा रहेका १४ वटा परम्परागत नाकालाई तुरुन्त सञ्चालनमा ल्याउने समझदारी भएको छ।