ट्याक्सी दुर्घटना अपडेटः मृत्यु हुने सबैको पहिचान खुल्यो


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र १७ २०८०
1.9K
SHARES

१७ चैत चितवन । आज त्रिशुलीमा खसेको ट्याक्सीमा सवार सबैजनाको पहिचान खुलेको छ । उनीहरु सबै गोरखा घर भएका बुझिएको छ । मृतक मध्ये ४ जना एकैपरिवारका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार गोरखा नगरपालिका ७ का ४१ वर्षका हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् । १८ वर्षका दिवस रोकाए भने त्रिशुली नदीमा हराइरहेका छन् ।

भने ट्याक्सी चालक गोरखा ७ कै ३५ वर्षका अर्जुन शिर्मल रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।