कास्कीमा बस दुर्घटना भएर ठडियो


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र १७ २०८०
3.4K
SHARES

१७ चैत पोखरा । कास्कीमा बस दुर्घटना हुँदा एकजना घाइते भएका छन् । पोखरा २८ स्थित अर्चलेमा बस दुर्घटना भएको हो । ब्रेक फेल भएर अनियन्त्रित हुँदा बस दुर्घटना भएको बताइएको छ ।

लेखनाथ पोखरा रुटमा चल्ने ग १ ख ८६८० नम्बरको बसमा चालकबाहेक अरु यात्रु भने थिएनन् ।

दुर्घटनामा घाइते भएका चालकलाई उपचारका लागि अस्पताल लगिएको छ । उनको परिचय खुल्न बाँकी रहेको कास्की प्रहरी प्रमुख मोहनकुमार थापाका अनुसार प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको छ ।