चट्याङ लागेर बालिकाको मृत्यु


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र १७ २०८०
2.6K
SHARES

१७ चैत सुर्खेत । दैलेखको भैरवी गाउँपालिका-६ तोरीमूलमा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।शनिबार परेको चट्याङले १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिए ।

चट्याङ लागेर घाइते भएकी शर्मिलालाई उपचार गर्न दुल्लु अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।