भोलि सार्वजनिक बिदा


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र १८ २०८०
5.5K
SHARES

१८ चैत धनगढी । सुदूरपश्चिममा सोमबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । सुदूरपश्चिमका रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो। चैत १९ गते खखडेहरा पर्वको बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले बताए ।

उनका अनुसार प्रदेशभर भोलि बिदा रहने छ । रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ । एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन् ।