आगामी दशक सूचना प्रविधिको दशक
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ १ २०८१
2.8K
SHARES
१ जेठ काठमाडौं । सरकारले आगामी दशकलाई सूचना प्रविधिको दशकको रूपमा अघि बढाइने जनाएको छ । मंगलबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्न प्रोत्साहन गर्ने जानकारी दिए ।
नेपालाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकास गरिने जानकारी दिए । त्यस्तै, काठमाडौं र प्रदेशका उपयुक्त स्थानमा वर्क स्टेशन सञ्चालन गरी कम्तीमा पाँच हजार रोजगारी स्थापना गर्ने योजना सरकारको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट