अर्थमन्त्री पुनको सम्पत्ति : रोल्पामा जग्गा, बैंकमा ३३ लाख ७० हजार
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ ८ २०८१
3.2K
SHARES
८ जेठ काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको नाममा रोल्पामा पैतृक सम्पत्ति ८२० वर्ग मिटर क्षेत्रफल जग्गा रहेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार एनएमबी बैंकमा ३३ लाख ७० हजार ६१८ रुपैयाँ नगद रहेको छ ।
त्यो पनि तलब भत्ता र भ्रमण भत्ता जोडेर विवरणमा देखाइएको छ । हलुका सवारी साधन भने पार्टीले दिएको उल्लेख छ । त्योबाहेक उनले आफ्नो नाममा केही पनि नभएको उल्लेख गरेका छन् । श्रीमती ओनसरी घर्ती मगरको नाम भने उनले उल्लेख गरेका छैनन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट