श्रममन्त्री डीपी सम्पत्ति : १३ ठाउँमा घरजग्गा, १५० तोला सुन, बैंकमा दुई करोड १८ लाख


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ८ २०८१
3.7K
SHARES

८ जेठ काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालसँग देशका १३ स्थानमा घरजग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति समेत रहेका अर्यालले आफ्नो सम्पत्ति विवरणमा १५० तोला सुन र बैंकमा दुई करोड १८ लाख नगद मौज्दात रहेको उल्लेख गरेका छन् । उनले मन्त्रिपरिषद्‌मा बुझाएको सम्पत्ति विवरणमा आफूसँग १०० तोल चाँदी र १० तोला हीरा रहेको समेत खुलाएका छन् ।

उनीसँग विभिन्न कम्पनीका ६७ हजार कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । मेगा बैंकको १० हजार कित्ता, बिग इन्भेस्टमेन्टको ३५ हजार, पिपुल इन्भेस्टमेन्टको नौ हजार, जनसागर सहकारीको १० हजार, संयम सहकारीको दुई हजार र सुवर्णभूमि सहकारीको एक हजार कित्ता सेयर रहेको उनले खुलाएका छन् ।