गृहमन्त्री रविसँग संसदीय समितिले बयान लिने
१२ असार काठमाडौ । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय समितिले उपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिने भएको छ।
बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलनमा उनको नाम मुछिएको छ। विशेष समितिका एक सदस्यले क्यापिटल हेडलाईनलाई जानकारी दिए अनुसार मगाइएका सहकारीबाट लिखित प्रतिवेदन पाएलगत्तै रविलाई बोलाउने तयारी छ।हामी समितिको बैठक अब नियमित बस्छौँ, अबको १५ दिनभित्र रविजीको नाम जोडिएको देखिए बयानका लागि बोलाउँछौँ,’ ती सदस्यले भने, ‘समितिलाई त्यो अधिकार छ।’