“समृद्ध नेपाल, सुखी नेपालीको नारा मैले ‘क्वाइन’ गरेको हो – सम्मानित खनाल


Capital Headline
प्रकाशित मिति : आइतबार, असार १७ २०८१
3.9K
SHARES

१६ असार काठमाडौं । नेकपा (एकीकृत समाजवादी पार्टी)का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भन्दै आएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा आफ्नो भएको जिकिर गरेका छन् ।

एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनका क्रममा आइतबार उनले एमालेको नवौँ महाधिवेशनमा आफूले उक्त नारा प्रयोगमा ल्याएको बताए ।

“समृद्ध नेपाल, सुखी नेपालीको नारा नवौँ महाधिवेशनमा मैले ‘क्वाइन’ गरेको हो । अहिले केही साथीहरू त्यसको नारा लगाएर हिँडेका छन्,” उनले भने । सम्मानित नेता खनालले महाधिवेशनबाट सकेसम्म सहमतिका साथ नेतृत्व चयन गर्न प्रस्ताव पनि गरे ।