एमालेभन्दा राम्रो पार्टी निर्माण गर्छौँ – महासचिव भुसाल


Capital Headline
प्रकाशित मिति : आइतबार, असार १७ २०८१
3.9K
SHARES

१६ असार काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेबाटको विद्रोहलाई संस्थागत गर्नको लागि महाधिवेशनमा उभिएको बताएका छन्। पार्टीको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै तत्कालीन पार्टी एमाले आफूहरूको संकल्पको दिशातर्फ नगएपछि भविष्य सोचेर अलग भएको प्रष्ट्याए।

उनले भने, ‘हामीले पुनर्गठन र रूपान्तरणको कुरा गरेका हौँ। यो संकल्प हामीले छाडेको पार्टीभन्दा राम्रो असल, निर्माण र पुनर्गठन गर्छौँ। र, कम्युनिष्ट आन्दोलनलाई नै रूपान्तरण गर्छौँ। यो संकल्पका साथ हामी हिँडेको करिब ३ वर्ष हुँदैछ। यो अवधिमा धेरै उकाली ओराली व्यहोर्यौं। हण्डर ठक्कर आएको धेरै क्षति व्यहोर्यौं। तर, भविष्यप्रतिको संकल्प ओझेल हुन दिएनौँ।’