झलनाथको नेतृत्वमा अध्यक्षमण्डल गठन


Capital Headline
प्रकाशित मिति : सोमबार, असार १८ २०८१
3.5K
SHARES

१७ असार काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महाधिवेशनअन्तर्गत बन्दसत्र सञ्चालन गर्न सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । बन्दसत्र आजदेखि सुरु हुँदै छ ।बन्दसत्र सञ्चालनका निम्ति खनालको नेतृत्वमा अध्यक्षमण्डल गठन गरिएको पार्टीको प्रचार विभागले जानकारी गराएको छ ।

यस्तै, उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी र उपमहासचिव डा. गंगालाल तुलाधर र डा. विजय पौडल सम्मिलित माइन्युुट कमिटी गठन गरिएको छ ।

महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने प्रचार विभागले जनाएको छ ।आइतबार (हिजो)देखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा एकीकृत समाजवादीको महाधिवेशन जारी छ । नेतृत्वका निम्ति अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने नेताहरूको भनाइ छ ।