कांग्रेस र एमालेको गठबन्धन सरकार भोलिसम्म बन्दै


Capital Headline
प्रकाशित मिति : सोमबार, असार १८ २०८१
11.4K
SHARES

१७ असार काठमाडौ । नेताहरूले मङ्गलबारसम्म कांग्रेस र एमाले मिलेर गठबन्धन सरकार बन्ने कुराको टुङ्गो लाग्ने दाबी गरेका छन् ।उच्च स्रोतका अनुसार कांग्रेस र एमालेबीच भागबण्डामा कुरा भइरहेको छ । भोलिसम्म खाका आइसकेर नयाँ गठबन्धन सरकार गठनको प्रक्रिया सुरु हुने बताइएको छ।

यसका लागि एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ बालकोटमा छलफल गरिरहेका छन्।

यता कांग्रेसका शीर्ष नेताहरू पनि विभिन्न चरणमा अनौपचारिक छलफल गरिरहेको कांग्रेस स्रोतको भनाइ छएमाले नेताहरूका अनुसार गठबन्धनमा शक्ति बाँडफाँटको प्रारम्भिक खाका तयार भइसके पनि भोलिसम्म सबै सहमति भइसक्ने छ ।

‘हाम्रो अध्यक्षलाई प्रधानमन्त्री मानेर जान कांग्रेस सभापति शेरबहादुर देउवा तयार हुनुभएको छ। भोलिसम्म गठबन्धन परिवर्तन हुने गरी अन्तिम सम्झौता हुन्छ’, एमाले स्रोतले भन्यो ।

एमाले र कांग्रेसबीच सहमतिका लागि अहिले सम्झौताको ड्राफ्ट तयार पार्ने काम भइरहेको छ ।जसका लागि कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की र एमालेबाट महासचिव शंकर पोखरेल तथा रमेश बडालसहितका नेताहरू खटिएका छन् ।