प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भेटेर फर्किए


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १९ २०८१
11.2K
SHARES

१८ असार काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए। केहीबेरको भेटपछि प्रचण्ड शीतलनिवासबाट बाहिरिएका छन्। राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेललेका अनुसार, प्रधानमन्त्री प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिका विषयमा राष्ट्रपतिलाई जानकारी गराएका थिए।

गएराति कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने समझदारी भएको थियो। बिहान प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष ओलीले भेटेर उक्त सहमतिबारे जानकारी गराउँदै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका थिए।प्रधानमन्त्री प्रचण्डले भने राजीनामा नदिने तर विश्वासको मतको सामना गर्ने माओवादीको पदाधिकारी बैठकपछि नेताहरूले बताएका छन्।