उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको आह्वान


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २४ २०८१
2.6K
SHARES

२३ असार काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । साथै उनले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।

सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा उनले अनुरोध गरेका छन् । सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेको भन्दै उनले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपिलसमेत गरेका छन् ।