सरकारले विभिन्न प्रकारका निर्णय नगरोस् – एमाले


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २४ २०८१
2.1K
SHARES

२३ असार काठमाडौं । नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसले गरेको निर्णयप्रति धन्यवाद दिँदै प्रधानमन्त्रीलाई तत्काल राजीनामा गर्न भनेको छ । नेकपा एमालेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

“उहाँले किन राजीनामा नदिएर अल्झाउनुभएको छ ?,” उनले भने, “अबिलम्व राजीनामाको माग गरेको छ । विभिन्न प्रकारका निर्णय सरकारले गरेको छ । यस्तो नगरोस् ।”

उनले पहिलो माग राजीनामा भएको उल्लेख गर्दै नभए विपक्षमा मतदान गर्ने निर्णय गरेको बताए ।