बुढानीलकण्ठमा देउवा र ओलीबीच भेटवार्ता, के-के भयो सहमति ?


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २७ २०८१
11.4K
SHARES

२६ असार काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।बुधबार साँझ देउवा निवास बुढानीलकण्ठमा उनीहरूबिच भेटवार्ता भएको हो । कांग्रेस र एमालेबिच नयाँ सत्ता समीकरण गर्ने सहमति भएसँगै भावी रणनीति तय गर्न अध्यक्ष ओली र देउवाबिच करिब दुई घण्टा कुराकानी भएको बताइएको छ ।

दुई नेताको भेटमा अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउन सांसदहरूको हस्ताक्षर, मन्त्रिपरिषद्को गठन, सरकारमा सहभागी हुन चाहने अन्य राजनीतिक दललाई सहभागी गराउने लगायतका विषयमा छलफल भएको बुझिएको छ ।