सीता दाहालको स्मृति सभामा प्रधानमन्त्रीद्वारा पुस्तक विमोचन


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २८ २०८१
3.4K
SHARES

२७ असार काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पहिलो स्मृति सभा सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान स्मृति सभा गरिएको हो । पहिलो वार्षिकीमा स्व. दाहाललाई श्रद्धाञ्जली अर्पण गर्न माओवादी केन्द्रका नेता-कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायकाजी श्रेष्ठ, पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष अग्नि सापकोटा, उर्जामन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री वर्षमान पुनलगायत स्वर्गीय  दाहाललाई श्रद्धासुमन अर्पण गर्न बालुवाटार पुगेका थिए । स्मृति सभामा पुगेकाहरुले स्व. दाहालको तस्वीरमा माल्यार्पण र पुष्पगुच्छासहित श्रद्धान्जली दिएका थिए ।

सो अवसरमा ‘स्मृतिमा सीता दाहाल’ पुस्तकसमेत विमोचन पनि गरिएको थियो । प्रचण्ड पत्नी सीताको गत वर्ष आजकै दिन ६९ वर्षको उमेरमा निधन भएको थियो । पार्टी कामको सिलसिलामा पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी सीता २०५२ पछि जनयुद्धमा प्रत्यक्ष सहभागी भएकी थिइन् । पार्टीभित्रका संकट र विवाद समाधानमा उनले समन्वयकारी भूमिका खेल्ने गरेको माओवादी नेताहरु स्मरण गर्छन् ।