प्रचण्ड आजै खुमलटार सर्ने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २९ २०८१
1.8K
SHARES

२८ असार काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेसिरडाँडा पुगरे शुक्रबार नै निजी निवास खुमलटार जाने भएका छन् । बिहान प्रतिनिधिसभाबाट विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल भएपछि संसद् भवनबाट सिधै पार्टी कार्यालय जान लागिएको माओवादीका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।

‘प्रधानमन्त्री प्रतिनिधिसभामा गएपछि सिधै केन्द्रीय कार्यालय आउने कार्यक्रम रहेको छ । उपलब्ध साथीहरुलाई सम्बोधन गरेपछि उहाँ कार्यालयबाट नै निजी निवास खुमलटार जाने कार्यक्रम छ’,  ढकालले भने ।  प्रचण्डलाई केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे नेता तथा कार्यकर्ताले स्वागत गर्ने कार्यक्रम रहेको छ ।