मलाई जबर्जस्ती ‘सहकारी ठग’को रूपमा स्थापित गर्न खोजियो – रवि लामिछाने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २९ २०८१
2.6K
SHARES

२८ असार काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विभिन्न प्रकरणका फाइल खुल्न थालेपछि सत्ता समीकरण परिवर्तन भएको दाबी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावको छलफलमा भाग लिँदै लामिछानेले विभिन्न प्रकरणको फाइल खोल्दा बेचन झा र प्रतीक थापा पक्राउ पर्ने क्रम सुरु भएपछि सत्ता समीकरण परिवर्तन भएको दाबी गरे ।

उनले सरकारमा रहँदा सुशासनका पक्षमा काम गरेको र यसको वातावरण बनादिएकोप्रति प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिए । उनले विभिन्न प्रकरणमा अनुसन्धान गर्दा आफूलाई स्टन्ट गरेको आरोप लागेको भन्दै वर्तमान सरकारले खोलेका फाइललाई निरन्तरता दिएर स्टन्ट देखाउन अब बन्ने गृहमन्त्रीलाई चुनौती दिए ।

आफूलाई जबर्जस्ती ‘सहकारी ठग’को रूपमा स्थापित गर्न खोजेको उल्लेख गर्दै लामिछानले आफूले कानुनबमोजिम कसैलाई कारबाही गर्दा लोकतन्त्र र प्रेस स्वतन्त्रता खतरा परेको टिप्प्णी भएको बताए ।