४ महिनामै सरकार ढल्छ – मेटमणि चौधरी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २९ २०८१
3.1K
SHARES

२८ असार काठमाडौ । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले चार महिनामै कांग्रेस-एमाले नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन्। शुक्रबार संसदमा बोल्दै उनले चार महिनापछि फेरि प्रचण्डकै पक्षमा परिस्थिति अनुकुल हुने दाबी गरे।

प्रधानमन्त्रीलाई म आग्रह गर्न चाहन्छु, तपाईँले कांग्रेस सभापतिलाई कति पनि दोषी नदेख्नुस्। उहाँसगको सम्बन्धलाई कायम राख्नुस्। चार महिनामै परिस्थिति अनुकुल हुन्छ। आजको मितिदेखि गनेर राख्नुस्, तपाइँकै पक्षमा परिस्थिति अनुकुल हुन्छ,’ चौधरीले भने।

सांसद चौधरीले फेरि संसद विघटनतिर सरकार जाने भएकाले त्यसको साथ नबन्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरे। ‘यो सरकार जाने भनेको फेरि संसद विघटनतिरै हो। कांग्रेस सभापतिलाई आग्रह गर्न चाहन्छु, संसद विघटन हुने कुराको साक्षी नबन्नुस्,’ उनले भने। उनले कांग्रेस-एमालेलाई संविधाको धारा ७६(२)मा फर्काएर संवैधानिक कू नगर्न आग्रह गरे।

७६ (२) पछि ७६ (३) आउँछ भनेर केही अघि आफ्नै संसदीय दलको बैठकमा बोलेको कुरा हो। अनि कुन मुखले अहिले ७६ (२) मा फर्किनुहुन्छ। अच्चम लागिरहेको छ। आफू हुँदा एकथरी व्यख्या आफू नहुँदा अर्कै व्याख्या,’ उनले भने, ‘७६ (३) मा जानुको विकल्प छैन। यदि त्यसो भएन भने तपाईँहरू ठूला दलले संवैधानिक कू गर्दै हुनुहुन्छ।’