एमालेबाट यी व्यक्ति मन्त्री बन्दै


Capital Headline
प्रकाशित मिति : आइतबार, असार ३१ २०८१
11.4K
SHARES

३० असार काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै मन्त्रीका विषयमा चर्चा चुलिएको छ । एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिने निश्चितजस्तै छ ।

एमालेको भागमा पर्ने अरू मन्त्रालयमा मन्त्रीहरूको नाम टुंगो लगाउने अन्तिम गृहकार्य भइरहेको छ । स्रोतका अनुसार, एमालेबाट सचिवद्वय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्दै छन् ।

यस्तै, यसअघि मन्त्री बनिसकेका जुलीकुमारी महतो, पदम गिरी र दामोदर भण्डारीसहित विद्या भट्टराईलगायत मन्त्री बन्ने स्रोतको दाबी छ ।

“अहिलेसम्म छलफलमा टुंगिने क्रममा यी नाम छन् । शपथसम्ममा प्रधानमन्त्रीले हेरफेर गर्ने सम्भावना नकार्न सकिँदैन,” स्रोतले क्यापिटल हेडलाईन लाई बतायो  ।