प्रधानमन्त्री ओलीले र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
३० असार काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेटवार्ता भएको छ ।
आइतबार अपराह्न प्रधानमन्त्री नियुक्त भएका ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई उनको निवास चपली पुगेर भेटेका हुन् । भेटका क्रममा भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिईन् ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार उक्त भेटमा एमालेका प्रदेश तथा जिल्ला तहका केही नेता समेत सहभागी छन् । ओलीले सोमबार राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनेछन् ।