तीन वर्ष फ्रक लगाएर बसेँ – नेता कोइराला


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २ २०८१
4.6K
SHARES

२ साउन काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी निकट महिला संघको कार्यक्रममा रोचक किस्सा सुनाएका छन्।भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै आमाबुबाको इच्छा पूरा गर्न आफूले तीन वर्षसम्म फ्रक लगाएर बसेको बताए।

उनले यसरी सुनाए :

मेरो पिता विश्वेश्वरप्रसाद कोइरालाको तीन जना छोराहरू, म पेटमा थिएँ, उहाँहरूलाई छोरी चाहिएको थियो । तर, पेटमा म थिएँ, उहाँहरूलाई छोरी नै हुन्छ भन्ने लागेर फ्रक किनेर राख्नुभयो। जन्मिए म।

अनि म तीन वर्षसम्म त्यही फ्रक लगाएर बसेँ, हुन त म महिला होइन। तर, उहाँहरूप्रति त्यो प्रतिनिधित्व गर्छु एक किसिमले।