यी १८ देशमा राजदूत सिफारिस , कुन देशमा को ?


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १४ २०८१
6.3K
SHARES

१४ साउन काठमाडौं । सरकारले पाँच देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चीन, अस्ट्रेलिया, रुस, श्रीलंका र दक्षिण अफ्रिकाका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले चीनका लागि नेपाली राजदूत विष्णुकुमार श्रेष्ठ, अस्ट्रेलियाका लागि कैलाशराज पोखरेल, रुसका लागि मिलनराज तुलाधर, श्रीलंकाका लागि वासुदेव मिश्र र दक्षिण अफ्रिकाका लागि नेपाली राजदू दानबहादुर तामाङ फिर्ता बोलाउने निर्णय गरेको हो ।

आजकै बैठकबाट सरकारले १८ देशका लागि नेपाली राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले अमेरिका, बेलायत, दक्षिण कोरिया, रुस, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नेपाली राजदूत सिफारिस गर्ने निर्णय गरेको हो ।

ती मन्त्रीकाअनुसार सिफारिस भएका राजदूतको सूची यस्तो छ :-

भारत– शंकर शर्मा

अमेरिका– लोकदर्शन रेग्मी

चीन– कृष्णप्रसाद ओली

बेलायत– चन्द्रप्रसाद घिमिरे

जर्मनी– शैल रुपाखेती

साउदी अरब– नरेशविक्रम ढकाल

इजरायल– धनप्रसाद पण्डित

दक्षिण अफ्रिका– कपिलमान श्रेष्ठ

दक्षिण कोरिया– शिवमाया तुम्बाहाङ्फे

पोर्चुगल– प्रकाशमणि पौडेल

पाकिस्तान– रिता धिताल

अस्ट्रेलिया– कान्ता रिजाल

स्पेन- सनिल नेपाल

मलेसिया – नेत्रप्रसाद तिमिल्सिना

श्रीलंका- रामकृष्ण भट्टराई