राष्ट्रपतिले नियुक्त गरे तीन प्रदेश प्रमुख


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन १६ २०८१
2.7K
SHARES

१६ साउन काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले बुधबार वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।

जसअनुसार वाग्मतीको प्रदेश प्रमुखमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णालीको प्रदेश प्रमुखमा बझाङका यज्ञराज जोशी नियुक्त भएका छन् । आजै वाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेका छन् ।