कुलमानलाई हटाउने तयारी हुदै , को बन्ला नयाँ कार्यकारी ?


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २१ २०८१
8.5K
SHARES

२१ साउन काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न छलफल सुरु गरेको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दोषी करार गर्दै कारबाही गर्ने प्रतिवेदन बनाएको आरोप लागेको छ । पोखरेलले समितिमा बाहिरबाटै तयार प्रतिवेदन तयारी पारी समितिबाट पास गराउँदै कार्यकारी निर्देशक घिसिङलाई दोषी देखाएर सरकारलाई कारबाही गर्न लगाउने तयारी गरेको विषय बाहिर आएको छ । तर, सभापति पोखरेल उक्त आरोपको प्रतिवाद गर्छन् ।

सभापति पोखरेल एमालेका सांसद हुन् । एमाले नेतृत्वसँग घिसिङको राम्रो सम्बन्ध छैन । तर, सरकारले घिसिङलाई सिँधै स्पष्टीकरण सोधेमा विरोध हुने विश्लेषण गर्दै समितिले दोषी देखाएमा कारबाही गर्न सजिलो हुने रणनीति बनाएको स्रोतको दाबी छ ।

“घिसिङलाई हटाउन लागेका हुन् । सिधै हटाउँदा सरकारको विरोध हुने स्थिति छ । त्यसकारण समितिबाट दोषी देखाएर स्पष्टीकरण सोध्ने सरकारको तयारी थियो,” स्रोतले भन्यो, “डकुमेन्ट पहिले बाहिरेपछि उनी अप्ठयारोमा परेका छन् ।”