एकीकृत समाजवादी पार्टीमा जादै संयोजक गौतम
२५ साउन काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले अब आफ्नो राजनीति सक्रियता नेकपा एकीकृत समाजवादी पार्टीबाट हुने बताएका छन्। उनले एक अन्तर्वार्ताको क्रममा यस्तो बताएका हुन् । एसका साथीहरुसंग कुराकानी समेत भइराखेको छ , मलाई त्यहाँ काम गर्न पनि सहज हुन्छ उनले भने ।
अहिले त्यहाँ बनेको केन्द्रीय सदस्यहरुमा मैले नै प्रशिक्षण गरेका साथीहरु ७०/७५ जना हुनुहुन्छ । एमालेमा जनाको लागि धेरै कुराकानी भयो तर केहि व्यक्तिको स्वार्थको कारणले त्यहाँ सम्भव भएन , म राजनीति नै गर्ने मानिस भएकाले गर्दा मलाई अन्य पार्टी भन्दा नेकपा एस पार्टी नै सहज हुन्छ उनले भने ।