‘लौन प्रचण्डजी’ भन्न नआउनुहोला – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ११ २०८१
3.2K
SHARES

११ भदौ काठमाडौं । नेकपा (माअ‍ोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा (एमाले)लाई मिलेर सत्ता चलाउन आग्रह गरेका छन् । प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतमा मंगलबार संसद्‌मा पहिलोपटक बोलेका उनले आफू सत्ताको खेलबाट बाहिर गएर ‘आन्दोलन’तिर लागेको बताए ।

“म स्पष्टसँग भन्न चाहन्छु– प्रचण्ड अब सत्ताको खेलमा छैन । हामी आन्दोलनको पुनर्स्थापनामार्फत अर्कोपटक एक्लै सरकारको नेतृत्व गर्ने पक्षमा लागेका छौँ,” उनले भने, “तपाईंहरू मिलेर सरकार चलाउनुहोला । बीचमै ‘लौन प्रचण्डजी’ भन्न नआउनुहोला ।”

प्रतिपक्षमा बसेर पनि सरकारका राम्रा कामको समर्थन गर्ने उनको भनाइ थियो । आफू खबरदारीका निम्ति मात्र रोस्ट्रममा उभिएको भन्दै उनले यसलाई कर्मकाण्ड नसोच्न चेतावनी दिए ।